म्याड्रिड डर्बीमा रियल हारबाट जोगियो, बार्सिलोनालाई फाइदा

काठमाडौं, २४ फागुन । स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिड र रियल म्याड्रिड बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा एट्लेटिको र म्याड्रिड १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको १५ औँ मिनेटमा फरवार्ड लुइस सुआरेजको गोलमा एट्लेटिकोले १-० को अग्रता लिएको थियो । उनले मार्कोस लोरेन्टेको पासमा गोल गरेका थिए ।

खेलको २ मिनेट समय बाँकी रहँदा करीम बेन्जेमाले गोल गर्दै खेल बराबरीमा ल्याए ‌। उनले क्यासेमिरोसँग वन–टु पास खेल्दै सहज गोल गरेका थिए।

यो बराबरीपछि यसको फाइदा भने दोस्रो स्थानमा रहेको बार्सिलोनालाई भएको छ । बार्सिलोनासँग शिर्ष स्थानमा रहेको एटलेटिकोको अग्रता कम भएको छ भने रियल म्याड्रिड पनि पछि परेको छ ।

अब यो बराबरीपछि एटलेटिको म्याड्रिडको २५ खेलमा ५९ अंक छ भने रियल म्याड्रिडको २६ खेलमा ५४ अंक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here