बार्सिलोनाको नयाँ अध्यक्षमा जोन लापोर्टा निर्वाचित

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाको नयाँ अध्यक्षमा जोन लापोर्टा निर्वाचित भएका छन् ।

अध्यक्षको प्रत्यासी भिक्टर फन्ट र टोनीलाई पछि पार्दै लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनमा उनले ५४.३ प्रतिशत मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वीले २९.९ भोट प्राप्त गरेका छन् ।

स्पेनिस राजनीतिज्ञ तथा वकिलसमेत रहेका लापोर्टा दोस्रो पटक अध्यक्ष चुनिएका हुन् । यसअघि लापोर्टा सन् २००३ देखि १० सम्म अध्यक्ष थिए ।

लापोर्टाले अब तत्काल सामना गर्नुपर्ने तत्काल चुनौती भनेको युरोपियन फुटबलमा हाल भएको आर्थिक संकट हुनेछ ।

केही दिनअघि पूर्वअध्यक्ष जोसेप मारिया बार्तोमेउसहित ४ जना बोर्ड सदस्यहरुलाई कागजपत्रसहित पक्राउ गरिएपछि नयाँ सदस्य चुन्न मतदान भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here