विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, २४ फागुन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११७ रुपैयाँ १२ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८७ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ३० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ १४ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १० रुपैयाँ ६४ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here