८ मार्च मा नै किन मनाइन्छ अन्तराष्ट्रिय नारी दिवस ? यस्तो छ कारण

काठमाडौं । ८ मार्च अर्थात आजको दिनलाई हरेक वर्ष अन्तराष्ट्रिय नारी दिवसको रुपमा मनाइन्छ । हाम्रो देश नेपालमा पनि विभिन्न प्रकारका कार्यक्रमहरु गरेर नारी दिवस मनाइदै आएको छ ।

तर, तपाईंलाई थाहा छ अन्तराष्ट्रिय नारी दिवस किन मनाइन्छ ? यसको सुरुवात कहिलेबाट भयो अर्थात यो साच्चै एउटा पवै हो वा अन्य केही ?

कसरी सुरु भयो नारी दिवस ?

अन्तराष्ट्रिय नारी दिवस मजदुर आन्दोलनबाट सुरु भएको दिवस हो । यसको सुरुवात सन् १९०८ बाट भएको थियो । जहाँ अमेरिकाको न्यूओर्क शहरमा १५ हजारभन्दा धेरै महिलाले काम गर्ने समय कम गर्नुपर्ने माग गरेर हड्ताल गरेका थिए ।

यसका साथै महिलालाई पनि पुरुष सरह नै तलब लिनुपर्ने र मतदान गर्ने अधिकार दिनुपर्ने माग उनीको थियो । यो हड्ताल भएको १ वर्षपछि सोशलिष्ट पार्टी अफ अमेरिकाले यो दिनलाई नारी दिवस नामले घोषणा गरिदियो ।

अन्तराष्ट्रिय नारी मनाउने कुरा कसरी सुरु भयो ?

यसअघि अमेरिकामा मात्रै मनाईने नारी दिवसलाई अन्तराष्ट्रिय रुपमा मनाउनुपर्छ भन्ने कुरा सबैभन्दा पहिले सन् १०१९ मा अमेरिकामा भएको महिला सम्मेलनमा क्लारा जेटकिन नामकी महिलाले गरेकि थिईन् । यसलाई सम्मेलनमा भाग लिएका सबै महिलले समर्थन गरेका थिए ।

अमेरिकासंगै सन् २०११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी र स्विजरल्यमाण्डमा पनि नारी दिवस मनाइयो ।

तपाईंलाई थाहा छ अन्तराष्ट्रिय पुरुष दिवस पनि मनाइन्छ

हरेक वर्ष नोबेम्बर १९ तारिखलाई अन्तराष्ट्रिय पुरुष दिवसको रुपमा मनाइन्छ । सन् १९९० बाट नै यसलाई मनाइन्छ । तर, अमेरिका तथा अन्य केही देशहरुमा यसलाई मान्यता दिईएको छ्रैन् ।

हाल विश्वका ६० भन्दा धेरै देशमा अन्तराष्ट्रिय पुरुष दिवस मनाइन्छ ।

विश्वभर कसरी मनाईन्छ अन्तराष्ट्रिय नारी दिवस ?

धेरै देशमा यो दिन सार्वजनिक बिदा दिने गरिन्छ । नेपालमा पनि यो दिन सार्वजनिक बिदा दिईन्छ ।

यसका साथै महिलाहरुले एक आपसमा सहयोगको भामना जागृत गर्दै विभिन्न प्रकारका महिला सम्बन्धी कार्यक्रम गर्दै महिलाको अहिकार हक हितको बारेमा कुरा गरेर यो दिवस मनाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here