बिदाको दिन पनि मेरो शेयरमा समस्या उस्तै, आईपीओ भर्न सास्ती

काठमाडौं । सोमबार सराकारले अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा सार्वजनिक बिदा दिएको छ ।

बिदाको दिन घरमै बसेर ज्योती लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने योजना बनाएका लगानीकर्ताले भने मेरो शेयरमा आएको समस्याले सास्ती पाएका छन् । सोमबार बिहानबाट नै मेरो शेयरको नेटवर्कमा समस्या आउदा आईपीओमा आवेदन दिन अप्ठ्यारो भएको लगानीकर्ताको गुनासो छ ।

सिडिएससीका अनुसार मेरो सेयरको नेटवर्कमा सामान्य समस्या देखिएकाले यस्तो भएको हो । त्यो समस्या समाधान गर्नको लागि काम भइरहेकाले केही समयमा नै यो समस्या समाधान गरेर सामान्य गतिमा शेयरमा आवेदन दिन मिल्ने बताईएको छ ।

ज्योति लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गरेको छ । कुल निष्काशित आइपीओमध्ये ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) कर्मचारी र अर्को ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) नै सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ ।

शेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आइतबार ५ बजेसम्म ११ लाख ५९ हजार ७०३ जनाले २ करोड ५३ लाख ४६ हजार ४१० कित्ताका लागि आवेदन दिएका छन् । यो मागको ४.२६ गुणा बढी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here