मेस्सी बार्सिलोनामै बस्नेछन् : नवनिर्वाचित अध्यक्ष लापोर्टा

काठमाडौं । बार्सिलोनाका नवनिर्वाचित अध्यक्ष जुआन लापोर्टाले अर्जेन्टिनी स्टार लियोनल मेस्सी बार्सिलोनामै बस्नेमा विश्वस्त रहेको बताएकी छिन् ।

दोस्रो पटक बार्सिलोनाको अध्यक्षमा निर्वाचित भएका लापोर्टाले सर्वाधिक छ पटकका बालोन डी‘ओर विजेता मेस्सी क्याप नोउमै बस्नेमा आफू विश्वस्त भएको बताएका हुन् ।

लापोर्टाले गत् अक्टोबर महिनामा राजीनामा गरेका जोसेप मारिया बाटोमेउलाई विस्थापित गर्दै बार्सिलोनाको अध्यक्ष बनेका हुन् । लापोर्टाले प्रमुखका लागि भएको निर्वाचनमा ५४ प्रतिशत मत पाएका थिए ।

यसअघि सन् २००३ देखि २०१० सम्म उनले प्रमुखको कार्यभार सम्हालेका थिए । उक्त समय उनले पेप गार्डिओलालाई बार्सिलोनाको प्रमुख प्रशिक्षकको रूपमा भित्र्याएका थिए ।

‘स्पेनिस मिडियालाई दिएको अन्र्तवार्तामा लापोर्टाले भने, ‘आज लगभग २० वर्ष पूरा भएको छ एउटा सानो केटो मेस्सीले बार्सिलोनाको बी टोलीमा डेब्यू गरेको आशा छ मेस्सीले क्याप नोउ छोड्ने छैनन्, जुन हाम्रो पनि चाहना हो । मेस्सीले बार्सिलोना माया गर्छन्वि, विश्वकै सर्वोत्कृष्ट मेस्सीले बार्सिलोनालाई माया गर्छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here