सर्वोत्तम सिमेन्टको आइपीओको अनुमानित मूल्य ७५० नै किन ?

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्दैछ । कम्पनीले उच्च गतिमा नाफा कमाएकाले प्रिमियम दरमा आइपीओ ल्याउन लागेको जनाएको छ ।

सर्वोत्तमले न्यूनतम ७५० रुपैयाँ मूल्य राखेर बुक विल्डिङ विधिबाट सेयर बिक्री गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष ०७६/७७ मा कम्पनीको खुद बिक्री ७ अर्ब ३५ करोड रुपैयाँभन्दा माथि रहेको देखिन्छ ।

नेपाल धितोपत्र बोर्डबाट जारी भएको बुक बिल्डिङ निर्देशिका २०७७ मा दफा ६ को १ मा बुक बिल्डिङ विधिअनुसार धितोपत्र निष्कासन गर्नको लागि संगठित संस्थाले निष्कासन तथा बिक्री प्रबन्धकको परामर्शमा प्रारम्भिक विवरणपत्र तयार गर्नुपर्ने उल्लेख छ ।

सोही दफाको २ (घ) मा विवरणपत्रमा संगठित संस्थाले धितोपत्रको अनुमानित मूल्य उल्लेख गनुपर्ने उल्लेख छ ।

निर्देशिकाको दफा ७ मा सोही विवरणपत्रको आधारमा निष्कासन तथा बिक्री प्रबन्धकको सहभागितामा योग्य संस्थागत लगानीकर्तासँग छलफल गर्नुपर्ने व्यवस्था गरेको छ ।

संगठित संस्थाले अशय अनुमानित र योग्य संस्थागत लगानीकर्ताको आशय मूल्यको आधारमा तोकेको आधार मूल्यको आधारमा बिक्री मूल्य तोक्नुपर्ने हुन्छ ।

‘धितोपत्रको बिक्री मूल्य निर्धारण गर्दा माथिल्लो सीमा आधार मूल्यको २० प्रतिशत र थप गर्दा कयम हुने मूल्य र तल्लो सीमा आधार मूल्यमा २० प्रतिशत घटाउँदा हुने मूल्य कायम गर्नुपर्नेछ,’ बुक बिल्डिङ निर्देशिकाको दफा ९ को उपदफा ३ मा भनिएको छ ।

यसको अर्थ यदि आधार मूल्य ७५० रुपैयाँ नै तय भएमा बिक्री मूल्यको तल्लो सीमा त्यसको २० प्रतिशत कम अर्थात् ६०० रुपैयाँ र माथिल्लो सीमा ७५० को २० प्रतिशतले बढी अर्थात् ९०० रुपैयाँसम्म हुन सक्छ ।

प्रिमियम दर आइपीओ निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको प्रतिसेयर आम्दानी (इपीएस) ५२ रुपैयाँ छ । सर्वोत्तमले पहिलो चरणमा संस्थागत लगानीकर्ता बुक विल्डिङ विधिबाट सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइरहेका बेला कम्पनीको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ उल्लेख गरेको छ । यो मूल्य महँगो भएको भन्दै केहीले आलोचना पनि गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here