पुरुषको विरोध गर्दैमा महिलाहरुको अधिकार स्थापित हुँदैन : उपाध्यक्ष तिवारी

गोरखा । ‘महिला सुरक्षा,सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ आज विश्वभर १११ औं अन्तराष्ट्रिय महिला दिवस मनाईदै छ ।

गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ७ मा पनि आज विभिन्न कार्यक्रम सहित अन्तराष्ट्रिय महिला दिवश मनाईयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले महिलाहरुले अधिकारी प्राप्तिका लागि एक भएर अघि बढ्नुपर्ने बताएकी छन् । अधिकार खोज्दै गर्दा कर्तव्य पनि पूरा गर्नुपर्ने उनले बताइन् । पुरुषहरुको विरोध गर्दैमा महिलाहरुको अधिकार स्थापित नहुने उनको भनाइ थियो ।

शहिदलखन गाउपालिका घैरुङ,गोरखा र रुपान्तरण नेपालका लागि प्रयासको समन्वय तथा आर्थिक सहयोगमा प्रगतिशिल वचत तथा ऋण सहकारी संस्था शहिद लखन गाउपालिका वडा ७/८ बुङकोटको आयोजनामा १११ औँ अन्तराष्ट्रिय महिला दिवश कार्यक्रम मनाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here