विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, २५ फागुन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४६पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८७ रुपैयाँ ९० पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ४५ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ११ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here