मञ्जुश्री फाइनान्सको बोनस शेयर हितग्राही खातामा

काठमाडौं, २५ फागुन । मञ्जुश्री फाइनान्स लिमिटेडले १८ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले गत फागुन २९ गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर दोस्रो बजारमा सूचीकृत पश्चात हितग्राही खातामा जम्मा गरिदिएको हो ।

बोनससँगै कम्पनीले ५ दशमलव ५० प्रतिशत नगद लाभांश पनि सोही सभाबाट पारित गराएको थियो । फागुन १७ गते कम्पनीले दोस्रो बजारमा बोनस शेयर सूचीकृत गराएको थियो ।

पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा हितग्राही खातामा शेयर जम्मा गरिदिएको जानकारी दिदैं कम्पनीले हालसम्म शेयर अभौतिकीकरण नगराएकाहरुलाई यथासिघ्र गराई आफ्नो लाभांश सुरक्षित गर्न अनुरोध गरेको छ ।

पुस १४ गतेसम्म शेयर धितोत्र बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकमा बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का रजनाई हितग्राही खातामा जम्मा हुने कम्पनीको भनाई छ ।

कर्जा राफसाफ भैसकेको अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा गर्नका लागि पनि कम्पनीले भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here