५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २५ फागुन । चन्द्रागिरी हिल्स लिमिटेड सहित ५ कम्पनीको शेयर मूल्य सर्किट लेभलमा पुगेको छ । मंगलबार १ बजेसम्ममा शेयर बजार दोहोरो अंकले ओरालो लाग्दा पनि ५ कम्पनीको शेयर मूल्य सर्किटमा पुगेको हो ।

यस दिन चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य ९.९२ प्रतिशतले बढेको छ । कम्पनीको शेयर मूल्य ६६ रुपैयाँले बढ्दै ७ सय ३१ रुपैयाँमा कारोबार भै रहेको छ ।

यस्तै नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य पनि सर्किट लेभलमा पुगेको छ । यस दिन कम्पनीको शेयर मूल्य ९.८८ प्रतिशत बढेको छ । यस दिन कम्पनीको शेयर मूल्य ३२ रुपैयाँले बढ्दै ३ सय ५६ रुपैयाँ पुगेको छ ।

यस्तै रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९.७८ प्रतिशतले बढ्दै सर्किट लेभलमा पुगेको छ । त्यसको मूल्य ३१ रुपैयाँ बढेर ३४८ रुपैयाँमा कारोबार भैरहेको छ ।

हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । त्यस कम्पनीको मूल्य ३२ रुपैयाँ बढेर ३५३ रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै युनाइटेड फाइनान्सको शेयर मूल्य ९.७५ प्रतिशतले बढेको छ । त्यस कम्पनीको मूल्य ३१ रुपैयाँ बढेर ३४९ रुपैयाँमा कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here