एसईई परीक्षा जेठ १३ गतेबाट सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाडौं, २५ फागुन । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १३ गतेदेखि २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सञ्चालन गर्ने भएको छ ।

जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डले जनाएको छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा बोर्डले नै लिने निर्णय गरेको थियो ।

गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here