आफुखुसी शाकाहारी डाइटप्लान बनाउने युवतीहरुलाई हुनसक्छ कुपोषण !

काठमाडौं । आकर्षक शरीर बनाउने होडमा इन्स्टाग्रामका सेलीब्रेटीहरुको सिको गर्दै आफूखुसी कडा डाइटप्लान बनाउने युवतीहरुमा कुपोषणको जोखिम बढ्दै गएको पोषणविद्हरुले बताएका छन् ।

अमेरिकाको न्यूओर्कमा भएको एक अध्ययनमा इन्स्टाग्राम सेलीब्रेटीका सल्लाह अनुसारको खानपान अपनाउने युवतीहरु गम्भिर बिरामीको शिकार हुने गरेको र उनीहरुमा कुपोषणको समेत खतरा हुने गरेको पत्ता लागेको हो ।

आजभोली धेरै युवतीहरुमा तौल घटाउनको लागि जुनसुकै हदसम्म पनि डाइटिङ गर्ने तर त्यसको साइडइफेक्टको बारेमा ख्याल नगर्ने ट्रेन्ड बढ्दै गएको छ ।

तौल घटाउने र आकर्षक फिगर बनाउने चक्करमा इन्स्टाग्राम वा युट्युव हेरेर आफूखुसी कमक्यालोरी युक्त भोजन गर्ने धेरै युवतीहरु यसको चपेटामा पर्न सक्छन् । विशेषगरी खानेकुरा शाकाहारी र काँचो छ भने जोखिम झनै बढ्न सक्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here