दोहोरो अंकले घट्यो नेप्से, ५ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं, २५ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । मंगलबार शेयर बजार मापक सूचक नेप्से २३.२२ अंकले नेप्से घटेर २४६१.८८ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१० कम्पनीको ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १४७रुपैयाँ बराबरको १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ३ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने १० वटा समूहको परिसूचक राताम्मे भएका छन् ।

कारोबारमा आएका २१० कम्पनीमध्ये ५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको मूल्यमा गिरावट आएको छ । १८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ६८.११ अंकले बढेको छ भने जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २०१.५६ अंकले बढेको छ ।

कारोबार भएका ५ कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । बजार घटेपनि पाँच कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आज चन्द्रागिरी हिल्स, रैराङ हाइड्रोपावर कम्पनी, नेपाल हाइड्रो डेभलपर, हिमालय उर्जा विकास कम्पनी र युनाइटेड फाइनान्स कम्पनीका लगानीकर्ता मालामाल भएका छन् ।

यस दिन चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य ९.९२ प्रतिशतले बढेको छ । कम्पनीको शेयर मूल्य ६६ रुपैयाँले बढ्दै ७ सय ३१ रुपैयाँमा कारोबार भएको छ ।

यस्तै नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य ९.८८ प्रतिशत बढेको छ । यस दिन कम्पनीको शेयर मूल्य ३२ रुपैयाँले बढ्दै ३ सय ५६ रुपैयाँ पुगेको थियो ।

यस्तै रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९.७८ प्रतिशतले बढ्दै मूल्य ३१ रुपैयाँ बढेर ३४८ रुपैयाँमा कारोबार भएको थियो ।

हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशतले बढेर ३२ रुपैयाँ बढ्दै ३५३ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै युनाइटेड फाइनान्सको शेयर मूल्य ९.७५ प्रतिशतले ३४९ रुपैयाँमा कारोबार भएको थियो ।

आज शिखर इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ६५ करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै अपर तामाकोशी र अरुण भ्याली हाइड्रोपावरको समान २९/२९ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here