ओरालो लाग्दै ‘निफ्रा’ को कारोबार, मंगलबार कति भयो किनबेच ?

काठमाडौं, २५ फागुन । मंगलबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर कारोबारको चौथौ नम्बरमा परेको छ ।

आइतबार लगानीकर्ताको रोजाइमा परेको निफ्रा मंगलबार भने सुरुवाती कारोबार देखिनै ओरालो लागेको थियो । त्यसदिन निफ्राको शेयर कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा चौथो नम्बरमा देखिएको छ ।

त्यसदिन निफ्राको २५ करोड ४९ लाख ७९ हजार ४९८ रुपैयाँ बराबरको ४ लाख ७६ हजार ९६८कित्ता शेयर खरिद–बिक्री भएको छ ।

५४२ रुपैयाँमा कारोबार शुरु भएको शेयर १० रुपैयाँ घटेर ५३२ रुपैयाँमा करोबार बन्द भएको छ । आइतबार ५५२ रुपैयाँमा कारोबार शुरु भएको शेयर १० रुपैयाँ घटेर ५४२ रुपैयाँमा करोबार बन्द भएको थियो ।

विहिबार पोजेटिभ सर्किट लागेर निफ्राको शेयर कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा पहिलो नम्बरमा देखिएको थियो ।

त्यसदिन निफ्राको ५३ करोड २३ लाख ९० हजार ६७६ रुपैयाँ बराबरको ९ लाख ८९ हजार ४९१ कित्ता शेयर खरिद–बिक्री भएको थियो । ५०८ रुपैयाँमा कारोबार शुरु भएको शेयर ४५ रुपैयाँ बढेका ५५२ रुपैयाँमा करोबार बन्द भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here