थप ५९ जनामा कोरोना संक्रमण, ६० जना डिस्चार्ज

काठमाडौं, २५ फागुन । नेपालमा थप ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ९८७ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ८ सय ७० रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ जना रहेको छ । यो सहित मृतकको संख्या ३०१२ जना पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here