राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त

काठमाडौं, २५ फागुन । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना (तिम्सिना) र बम बहादुर मिश्र नियुक्त भएका छन् ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैंकले मिश्र र ढुंगानालाई डेपुटी गभर्नर नियुक्त गरेको हो । डेपुटी गभर्नरको लागि गभर्नरको सिफारिसमा अर्थमन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर नियुक्त गर्ने प्रावधान रहेको छ।

ढुंगाना डेपुटी गभर्नर बन्ने पहिलो महिला हुन् । यसअघि राष्ट्र बैंकको गभर्नर वा डेपुटी गभर्नरमा कोही पनि महिला नियुक्त भएका थिएनन् ।

हाल मिश्र वैदेशिक विनिमय विभागका प्रमुख हुन् भने ढुंगाना सरकारी ऋण ब्यबस्थापन विभागकी प्रमुख हुन् ।

शिवराज श्रेष्ठ र चिन्तामणी शिवाकोटीको पाँच बर्षे कार्यकाल पुरा गरी फागुन १८ गतेबाट अवकाश पाएपछि दुवै डेपुटी गर्भनरको पद रिक्त थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here