शिवरात्रीका दिन काठमाडौंको यी रुटमा चल्दैन गाडी, यस्तो छ वैकल्पिक रुट

काठमाडौं, २६ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबार शिवरात्रीको दिन पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनको सजिलोका लागि त्यस क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको छ।

महाशाखाले सूचना निकालेर पशुपति क्षेत्रमा पूजाआज गर्ने आवत जावत गर्नेको भीडलाई मध्यनजर गर्दै सवारी आवागमनको रुट समेत निर्धारण गरेको हो ।

पशुपतिनाथ मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ। यद्यपी तिलगंगा हुँदै रिङरोडमा सवारी साधन चल्न पाउँछन्।

प्रहरी तय गरेको रुट अनुसार चावहिलबाट गौशाला, पूरानो बानेश्वरबाट गौशाला, रातोपुल हुँदै गौशाला, तिलगंगा हुँदै गौशालातर्फ जाने सवारीलाई प्रवेश निधेष गरेको छ।

महाशाखाका अनुसार चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्धारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा गाडी चल्ने छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here