युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौं, २६ फागुन । इटालियन च्याम्पियन युभेन्टस् च्याम्पियन्स् लिगको अन्तिम १६ बाटै बाहिरिएको छ ।

गए राति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई ३–२ गोल अन्तरले हराए पनि अवे गोलको आधारमा च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

पहिलो लेग पोर्टोले २-१ गोलले जितेको थियो। मंगलबार राति युभेन्ट्सको मैदानमा भएको दोस्रो लेगको खेलमा घरेलु टिम युभेन्ट्सले ३-२ को जित निकल्यो। समग्रमा खेल ४-४ को गोलमा बराबरीमा सकिए पनि पोर्टो अवे गोलमा अघि रह्यो।

समग्रमा ४–४ को बराबरी भएपनि पोर्टोले युभेन्टसको मैदानमा २ अवे गोल गरेपछि लिगमा युभेन्ट्सको यात्रामा पूर्णविराम लागेको हो ।

सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए भने युभेन्टसका फेडेरिको किएजाले दुई गोल गरे । किएजाको गोलसँगै खेल समग्रमा ३–३ को बराबरीमा पुगेकाले निर्धारित समयमा थप गोल नहुँदा खेल अतिरिक्त समयमा गयो ।

अतिरिक्त समयको १ सय १५ औं मिनेटमा सर्जियोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्टोलाई २–२ बराबरीमा ल्याए । त्यसपछि खेलको १ सय १७ औं मिनेटमा एड्रिएन राबिअटले गोल गर्दै युभेन्टसलाई ३–२ ले जित दिलाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here