एसईईको परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

काठमाडौं, २६ फागुन । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ । जेठ १३ देखि २४ सम्म परीक्षा सञ्चालन गर्ने गरि तालिका सार्वजनिक गरेको हो।

जसअनुसार १३ गते पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ। सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यरअनिवार्य अँग्रेजी विषयको पनि परीक्षा हुने छ।

जेठ १४ गते अनिवार्य नेपालीको परीक्षा हुने छ। १६ गते अनिवार्य गणित र १७ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने छ।

त्यस्तै जेठ १८ मा सामाजिक र १९ मा स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा हुने छ।

त्यस्तै २० गते ऐच्छिक गणितको परीक्षा हुने छ। सोही दिन ऐच्छिक विषयका पहिलो पत्रका सबै विषयहरुको परीक्षा हुने छ। २२, २३ र २४ गते भने प्राविधिक तर्फका विषयका परीक्षा हुने छ।

एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here