सानिमा बैंक र आइएसओएन हेल्थकेयरबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, २६ फागुन । सानिमा बैंक लिमिटेड र आइएसओएन हेल्थकेयर लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस समझदारी पत्र अनुसार विश्वभर रहेका ५०० भन्दा बढी अस्पतालहरुमा स्वास्थ्य उपचार गराउँदा सानिमा बैंकका डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले ५ देखि ७ प्रतिशतसम्म उपचार शुल्कमा छुट प्राप्त गर्न सक्नेछन्।

आइएसओएन हेल्थकेयर अन्तर्गतका भारतका अपोलो हस्पिटल, मेदान्त हस्पिटल, फोर्टिस हस्पिटल, सिंगापुरस्थित सिंगापुर जेनरल हस्पिटल, थाइल्यान्डस्थित ब्याङकक हस्पिटल, बुमरुनग्राड इन्टरनेसनल हस्पिटल आदिमा सानिमा बैंकका डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले सो छुट प्राप्त गर्न सक्नुहुनेछ । आइएसओएन हेल्थकेयर लिमिटेडको भारत, थाइल्यान्ड, मलेसिया, इजिप्ट, अमेरिकालगायत देशहरुका प्रतिष्ठित अस्पतालहरुसँग सम्बन्धन रहेको छ ।

उक्त समझदारीपत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाई र आइएसओएन हेल्थकेयर लिमिटेडका तर्फबाट बिजनेश डेभलोपमेन्ट प्रमुख आशिष धवनले हस्ताक्षर गरेका हुन्।

बैंकले सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here