बुधबार कति भयो ‘निफ्रा’ र चन्द्रागिरीको शेयर किनबेच ?

काठमाडौं, २६ फागुन । बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर लागानीकर्ताको रोजाइको दोस्रो नम्बरमा परेको छ । मंगलबार चौथो नम्बरमा परेको शेयर कारोबारल बुधबार भने दोस्रो नम्बरमा उक्लिएको हो ।

त्यसदिन निफ्राको २० करोड ७१ लाख २५ हजार १५४ रुपैयाँ बराबरको ३ लाख ८९ हजार ६६९कित्ता शेयर खरिद–बिक्री भएको छ । ५३२ रुपैयाँमा कारोबार शुरु भएको शेयर १ रुपैयाँ घटेर ५३१ रुपैयाँमा करोबार बन्द भएको छ ।

आइतबार लगानीकर्ताको रोजाइमा परेको निफ्रा मंगलबार भने सुरुवाती कारोबार देखिनै ओरालो लागेको थियो । त्यसदिन निफ्राको शेयर कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा चौथो नम्बरमा देखिएको थियो ।

त्यसदिन निफ्राको २५ करोड ४९ लाख ७९ हजार ४९८ रुपैयाँ बराबरको ४ लाख ७६ हजार ९६८कित्ता शेयर खरिद–बिक्री भएको थियो ।

५४२ रुपैयाँमा कारोबार शुरु भएको शेयर १० रुपैयाँ घटेर ५३२ रुपैयाँमा करोबार बन्द भएको छ । आइतबार ५५२ रुपैयाँमा कारोबार शुरु भएको शेयर १० रुपैयाँ घटेर ५४२ रुपैयाँमा करोबार बन्द भएको थियो ।

विहिबार पोजेटिभ सर्किट लागेर निफ्राको शेयर कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा पहिलो नम्बरमा देखिएको थियो ।

त्यसदिन निफ्राको ५३ करोड २३ लाख ९० हजार ६७६ रुपैयाँ बराबरको ९ लाख ८९ हजार ४९१ कित्ता शेयर खरिद–बिक्री भएको थियो । ५०८ रुपैयाँमा कारोबार शुरु भएको शेयर ४५ रुपैयाँ बढेका ५५२ रुपैयाँमा करोबार बन्द भएको थियो ।

त्यस्तै बुधबार चन्द्रागिरी हिल्सका शेयर धनीले भने सबैभन्दा धेरै कमाए । आज कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७३ रुपैयाँ बढ्यो ।

प्रतिकित्ता ७३१ रुपैयाँमा कारोबार भएको कम्पनीको शेयर मूल्य ७३ रुपैयाँ बढेर सर्किट लाग्दासम्म ८०४ रुपैयाँ प्रतिकित्ता कायम भएको हो । आइतबार कम्पनीको २१३० कित्ता शेयर किनबेच भए । १७ लाख ११ हजार १ सय रुपैयाँको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here