शेयर बजारको ओरालो यात्रा कायमै, तीन कम्पनीमा पोजेटिभ सर्किट लाग्दा ४ अर्बको कारोबार

काठमाडौं, २६ फागुन । साताको अन्तिम कारोबार दिन आज पनि शेयर बजार ओरालो नै लाग्यो । आज नेप्से परिसूचक ३.४० अंकले घटेर २४५८.४८ अंकमा झर्यो ।

बुधबार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स भने बढ्यो । आज इन्डेक्स ०.०२ अंकले बढेर ४४५.२३ अंकमा पुग्यो ।

आज ७ समुहको सूचक बढ्यो भने ६ समुहको घट्यो । धेरै बढ्नेमा ट्रेडिङ समुह रहेको छ । ट्रेडिङको सूचक ८.१५ प्रतिशत बढ्यो । त्यस्तै, होटल तथा टुरिजमको २.२० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै र्निजिवन बिमा समुहको सूचक घट्यो । उक्त समुहको सूचक १.०१ प्रतिशत घट्यो । त्यस्तै, लघुवित्तको ०.९४ प्रतिशत, जीवन बिमाको ०.७८ प्रतिशत घट्यो ।

बुधबार कारोबार रकममा पनि निकै कमी आएको छ । आज २०५ कम्पनीको ७८ लाख १६ हजार ८ सय ७४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १० करोड ४ लाखको कारोबार भयो ।

आज तीनवटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । पोजेटिभ सर्किट लाग्नेमा चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रो र नेपाल हाइड्रो रहेका छन् ।

सबैभन्दा धेरै राईरङ हाइड्रोपावरका शेयर धनीले गुमाए । कम्पनीको शेयर मूल्य ४.६० प्रतिशत घट्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार नेपाल दूरस१चार कम्पनीले गर्यो । कम्पनीले ५५ करोड ७० लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here