रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ मार्फत आइपीओ ल्याउँदै

काठमाडौं, २६ फागुन । रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ विधि मार्फत साधारण शेयर आइपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले नयाँ विधिबाट १४ लाख ६० हजार कित्ता शेयर जारी गर्न लागेको हो । मिल्सले बुक बिल्डिङ्ग विधि मार्फत निष्काशन गर्ने १४ लाख ६० हजार कित्ता शेयर मध्ये ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत शेयर सर्वसाधारणले पाउनेछन् ।

जसको लागि ग्लोबल आइएमई क्यापीटललाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा बुधबार मिल्सको तर्फबाट सञ्चालक शशिकान्त अग्रवाल र क्यापीटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

रिलायन्स स्पिनिङ्ग मिल्सको मुख्य लगानीकर्ता रहेका कार्यकारी अध्यक्ष पवन गोल्यान र सञ्चालक अक्षय गोल्यान समेतको उपस्थिति रहेको थियो ।

नेपालको सबैभन्दा ठूलो यो मिल्स वि.सं. २०५१ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भै सञ्चालनमा आएको हो । यस कम्पनीको औद्योगिक कारखाना सुनसरी जिल्लाको दुहबी र खनारमा रहेको छ ।

उच्च प्रविधियुक्त स्पिनिङ्ग प्लान्ट र मेशिनरी जडान गरी कम्पनीले अन्र्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here