काँचो मेवा खादाँ स्वास्थ्यमा पुग्छ अनेकौ फाइदा

काठमाडौं । मेवालाई मीठो फलको रूपमा लिने गरिन्छ । अन्य फलफूलको तुलनामा मेवा निकै स्वस्थ फल मानिन्छ। यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ।

जुनसुकै मौसममा पनि सर्वसुलभ रूपमा पाइने फल हो मेवा । खाँदा मीठो हुने भएकाले मेवालाई धेरैलाई मनपर्ने फलफूलको रूपमा लिने गरिन्छ। मेवा खान जति मीठो हुन्छ, यसमा पाइने विभिन्न खालका भिटामिनहरूले गर्दा मेवा खानु हाम्रो शरीरका लागि फाइदाजनक पनि मानिन्छ ।

मेवालाई भिटामिन को प्रमुख स्रोत मानिन्छ । भिटामिन सी, ए, पोटासियम तथा क्याल्सियम र आइरनले भरिपूर्ण मेवा ले पेट, मुटु र कलेजोको रोग र आन्द्राको कमजोरी हटाउनमा सहयोगी हुन्छ ।

पाकेको मेवा शरिरको लागि फाइदाजनक मानिन्छ । प्राय मानिसहरु पाकेको मेवाको फाइदाको बारेमा मात्रै चर्चा गर्ने गर्छन् । तर तपाईंलाई काँचो मेवाको फाइदाको बारेमा थाहा छ ?

काँचो मेवा हाम्रो शरिरको लागि निकै फाइदाजनक हुन्छ । यसले हामीलाई विभिन्न प्रकारका रोगहरुबाट बचाउँछ । काँचो मेवाले मोटोपन, जन्डिस, मधुमेह जस्ता रोगमाम औषधिको रुपमा काम गर्छ ।

साथै मेवा मुटुरोगीका लागि समेत उपयोगी हुनुका साथै कोलेस्ट्रोलका विरामीका लागि समेत लाभकारी हुन्छ । फाइदाका साथै छालाको रंगमा निखार आउनुका साथै चमक पनि बढाउंछ ।

पाकेको मेवा अनुहारमा लगाउंदा समेत यसले छालालाई चम्किलो बनाउनुका साथै दाग धब्बा हटाउन सहयोग गर्छ । मेवामा पाइने लवण, भिटामिन तथा इन्जाइमका कारण यो फलको नियमित सेवनले कपाल पनि स्वस्थ बन्दछ ।

मेवाको बिउमा समेत कलेजोलाई स्वस्थ राख्ने गुण हुन्छ । मेयाको फलभित्रको गेडालाई पिँधेर महमा मिलाएर खानाले कलेजो स्वस्थ राख्न मद्धत पुग्ने बताइन्छ । मेवामा प्रसस्त पोटासियम पाइन्छ ।

त्यसकारण यसको सेवनले रक्तचाप सन्तुलित पार्नुका साथै हाइपरटेन्सनको समस्या भएका विरामीका लागि फाइदा गर्छ । मेवामा कार्पेन वा कार्पेइन्ज नामक क्षारिय तत्व पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।

काँचो मेवा खानुका फाइदा यसप्रकार छः

लिभरको लागि फाइदानक

लिभर सम्बन्धी समस्या भएको मानिसको लागि काँचो मेवा निकै फाइदाजनक मानिन्छ ।

जन्डिस भएको अवस्थामा लिभरमा निकै संक्रमण हुन्छ, यस्तो अवस्थामा लिभरको सुरक्षामा निकै महत्त्वपुर्ण भुमिका खेल्छ ।

ग्याष्टिकको अन्त्य

काचो मेवाले पेटमा भएको ग्याष्टिकको समस्यालाई अन्त्य गर्ने काम गर्छ । यसले पाचन प्रकृयालाई सक्रिय बनाइराख्नमा महत्वपुर्ण काम गर्छ ।

क्यान्सरबाट बचाउछ

काचो मेवामा एन्टी ओक्सीडेंट र फीटोन्यूट्रिएट्स पाइन्छ । जसले हाम्रो शरिरमा क्यान्सर पैदा गर्ने केशिकाको उत्पादनलाई रोक्छ ।

मधुमेहका विरामीको लागि फाइदाजनक

मधुमेहका विरामीको लागि काँचो मेवा निकै फाइदाजनक मानिन्छ । यसको नियमीत प्रयोगका कारण रगतमा भएको सुगरको मात्रा नियन्त्रण हुन्छ, जसको कारण मधुमेहको समस्या कम हुन्छ ।

यूरिन इन्फेक्सन हटाउन सहयोग

काँचो मेवामा पाइने भिटामीनले पिसाब सम्बन्धी यन्फेक्सनलाई बढ्न दिँदैन् । धेरैजसो यो समस्या महिलाहरुमा देखिन्छ । त्यसकारण महिलाले पनि यसको सेवन गर्नुपर्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here