ज्योति लाइफको आइपीओ भर्नेको संख्यामा नयाँ रेकर्ड, कतिले दिए आवेदन ?

काठमाडौं, २६ फागुन । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण शेयर (आइपीओ) मा मागभन्दा साढे ६ गुणा बढी आवेदन परेको छ ।

शेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार अन्तिम दिनसम्म १८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५९ लाख ४० हजार कित्तालाई आधार मान्दा ६.४ गुणा बढी आवेदन हो ।

ज्योति लाइफको आइपीओमा परेको आवेदन अहिलेसम्म कुनैपनि आइपीओमा परेको सबैभन्दा धेरै हो ।

यद्यपि, अन्तिम तथ्यांक आइनसकेकाले आवेदकको संख्या अझै बढ्न सक्ने क्यापिटलले जनाएको छ । यसअघि महिला लघुवित्तको आइपीओमा सबैभन्दा धेरै १५ लाख ४९ हजारले आवेदन दिएका थिए ।

कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

कुल निष्काशित आइपीओमध्ये ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) कम्पनीका कर्मचारी र अर्को ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) नै सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ता सर्वसाधरणको लागि छुट्याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here