बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो, पिएसजीको क्वाटरफाइनलमा

काठमाडौं, २७ फागुन । बार्सिलोना युइएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

गएराती सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा फ्रेन्च क्लब पिएसजीसँग १-१ गोलको बराबरीमा रोकिएसँगै समग्रमा ५-२ गोल अन्तरले पराजित हुदै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

पहिलो लिगमा पिएसजीले बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा बराबरी खेल्ने क्रममा पिएसजीका केलियन एमबाप्पेले गोल गरे। यता, बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले गोल फर्काए।

खेलको ३० औं मिनेटमा पेनाल्टीबाट एमबाप्पेले गोल गर्दै पिएसजीलाई १–० गोलको अग्रता दिलाए। तर ३७ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरी दिलाए।

योसँगै च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डो र मेसीको अन्तिम १६ बाटै बहिर्गमन भएको छ । अब यो जितपछि पिएसजी क्वाटरफाइनलमा प्रवेश गरेको छ । यसअघि पोर्टो, युभेन्टस र लिभरपुल क्वाटरफाइनलमा पुगिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here