जीवन विकास लघुवित्तले आइपीओ ल्याउँदै, यस्तो पायो रेटिङ

काठमाडौं, २७ फागुन । जीवन विकास लघुवित्तले आइपीओ निष्कासनको तयारी थालेको छ । आइपीओ निष्कासनका तयारी स्वरुप कम्पनीले मंगलबारमात्रै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ बिक्री गर्ने तयारी गरेको हो ।

यस कम्पनीको आइपीओलाई इक्रा नेपालले आइआर ‘बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ ।

यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here