सुनचाँदीको मुल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौं । बिहीबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ६ सयले बढेर ८६ हजार ८ सय कायम भएको हो ।

यसअघि बुधबार छापावाला सुन तोलाको ८६ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको कारोबार मुल्य प्रतितोला ८६ हजार ३५० रहेको छ ।

त्यसैगरी, बिहीबार चाँदी भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here