यी पाँच खानेकुराले समय अगावै निम्त्याउछ बुढेसकाल

काठमाडौं । समय सँगै उमेर बढ्नु साधारण कुरा हो तर कतिपय अवस्थामा समय अगावै नै बुढेसकालको लक्षण देखिन्छ । जसमा हामीले दैनिक रुपमा खाने केही खानकुराको मूख्य भुमिका हुन्छ ।

यस्ता छन् समय अगावै बुढेसकाल निम्त्याउने खानेकुराहरुः

१. मद्यपान

मद्यपानले डिहाइड्रेशन बढाउँछ र यसले छालामा प्रत्यक्ष असर गर्छ । साथै, धेरै रक्सी पिउँदा मुख सुक्न थाल्छ । पानीको कमीले तपाईंको छाला रुखो हुन थाल्छ र अनुहारमा निकै छिटो चाउरी पर्न थाल्छ ।

२. तारेका खाना

तारेका खानेकुराहरु जस्तै, चिप्स, फ्रेन्च फ्राइज र डोनट्सुले फ्रि रेडिकल्स बढाउँछ । यसले कोसिकालाई हानी पुर्याउँछ र यसको असर केही दिनपछि छालामा स्पष्ट रुपमा देखिन थाल्छ । तारेका खानेकुराले तपाईंलाई भित्रैबाट बिरामी बनाउँछ, यसले तपाईंको शरीरलाई निष्क्रिय बनाउँछ । यसका साथै बेक्ड खानेकुरा जस्तै कुकिज र केक असाध्यै धेरै खाँदा पनि इन्फ्लेमेशन बढाउने काम गर्छ ।

३. सोडा र इनर्जी ड्रिङ्क

तपाईं जति धेरै सोडा वा इनर्जी ड्रिङ्क पिउनुहुन्छ त्यति नै तीब्र गतिमा तपाईंको बडी सेल्सको उमेर बढ्न थाल्छ । यी ड्रिङ्क्समा चिनी र क्यालोरी असाध्यै हुन्छ । यस्ता ड्रिङ्कले मुखको ब्याक्टेरियासँग मिलेर दाँतको इनामेल खराब गर्ने गर्छ । यसका साथै यो ड्रिङ्कले तौल, स्ट्रोक र डिमेन्सियाको खतरा पनि बढाउने गर्छ जसका कारण मानिसहरु समय अघि नै बुढा हुन थाल्छन् ।

४. क्याफिन

क्याफिनले तपाईंको दिमागमा असर पार्छ । क्याफिनको अत्यधिक सेवनले बारम्बार बाथरुम जान आवश्यक पर्छ र यसका कारण डिहाइड्रेशन हुन थाल्छ । पानीको कमीका कारण छालाबाट टक्सिन निस्कन बन्द हुन्छ । यसका कारण छाला रुखो हुन थाल्छ र समय अगावै अनुहारमा चाउरी पर्न थाल्छ ।

५. मसालेदार खाना

केही मानिसहरुलाई तात्तातो मसालेदार खानेकुरा खान मनपर्छ । मसालेदार खानाले रगतको नसा सुन्निे गर्छ, कतिपय अवस्थामा यो फुट्न पनि सक्छ । यसका कारण अनुहारमा बैजनी रङको निशान देखिन थाल्छ । यदि तपार्ईंमा यस्तो समस्या छ भने मसालेदार खाना नखानुहोस् । साधारणतया महिलाको रजनोवृत्ति पश्चात् यस्तो समस्या देखिन थाल्छ । मसालेदार खानाले शरीरको तापक्रम बढाउने गर्छ र पसिनाका कारण छालामा ब्याक्टेरिया बन्न थाल्छ । असाध्यै मसालेदार खाना खाँदा अनुहारमा डण्डीफोर देखिन थाल्छ र छाला निकै बुढो देखिन थाल्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here