आइपीओ निश्कासनको लागि एकैपटक ३ कम्पनीले मागे अनुमति, कुनको कति कित्ता ?

काठमाडौं । पछिल्लो समय धेरै कम्पनीहरुले धमाधम प्राथमिक साधरण शेयर (आइपीओ) जारी गर्न थालेका छन् ।

चालू आर्थिक वर्षमा मात्रै १ दर्जन बढी कम्पनीले आइपीओ जारी गरिसकेका छन् भने १ दर्जन बढी कम्पनीहरु पाइपलाइनमा रहेका छन् । यस्तै, १ दर्जन बढी कम्पनीले अनुमति माग्न धितोपत्र बोर्डमा आवेदन दिने तयारीमा रहेका छन् ।

यसैक्रमममा, एकपटक ३ कम्पनीले आइपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । जीवन विकास लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, र सयपत्री हाइड्रोपावरले आइपीओ ल्याउन धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।

कुन कम्पनीको कति कित्ता ?

जीवन विकास लघुवित्त वित्तीय संस्थाले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न बोर्डमा आवेद दिएको हो ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्काशन गर्न अनुमति मागेको हो । कम्पनीले आइपीओ जारी गर्न यस अघिनै एनएमबी क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्ति गरिसकेको छ ।

यस्तै, मनकामना लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ ल्याउन आवेदन दिएको हो ।

यस लघुवित्तले पनि सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नै नियुक्ति गरिसकेको छ ।

यसैगरी, सयपत्री हाइड्रोपावरले ९ करोड रुपैयाँ बराबरको आइपीओ ल्याउने बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ दरको ९ लाख कित्ता आइपीओ जारी गर्न अनुमति मागेको हो ।

यस कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here