यस्ता छन् बेथेको सागले स्वास्थ्यमा पुर्याउने अनेकौं फाइदा

काठमाडौं । बेथेको साग स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ ।

तौल घटाउन मद्दत गर्छ प्रोटिन रक्तमा इन्सुलिनको स्तर कम गरेर हार्मोन बढाएर भोकलाई दबाउँछ जसकारण भोकको महसुस कम हुन्छ । लगभग १५ प्रतिशत बेथेमा प्रोटिन हुन्छ जो तौल घटाउन सहयोगी मानिन्छ ।

यस्ता छन् फाइदा

रक्तचाप कम गर्छ

अध्ययनका अनुसार ऐमरेन्थमा रहेको फाइबर र फिटोन्यूट्रीएन्ट्स नामक तत्वले रक्तचापलाई कम गर्नमा मद्दत गर्छ । जसकारण यो कोलेस्ट्रल, सुजन र रक्तचापसँग प्रभावकारी ढंगबाट लड्छ र मुटु स्वस्थ राख्छ ।

शरीरमा रगत बढाउँछ

औषधिका रुपमा बेथेको जरा, पात र बिउ सबै प्रयोग गरिन्छ । यसका पाताहरु र विउमा प्रोटिन, भिटामिन ए र सी प्रचुर मात्रामा हुन्छ । बेथेको साग एनिमिया रोगसँग लड्ने सबैभन्दा उत्तम उपाय हो । यसको सेवनबाट शरीरमा रगतको कमीलाई हटाउँछ । शरीरमा रगतको कमी दुर गर्नका लागि यसको सेवन सब्जी वा झोलको रुपमा गर्नुपर्छ ।

क्यान्सरको रोकथाम

बेथेमा भएको पेप्टाइड्स शरीरमा सुजनलाई हटाउने र क्यान्सरको विकास रोक्नमा पनि एकदमै मद्दतगार हुन्छ । यसमा रहेको एन्टी अक्सीडेट कोशिकाहरुलाई क्षतिग्रस्त हुनबाट बचाउँछ । जसले क्यान्सर रोक्न मद्दत गर्छ ।

कपाल फुल्ने र सेतो हुन रोक्छ

यदि कपाल समय नपुगेरै युवा अवस्थामै फुल्ने समस्या छ भने बेथे सागले समाधान गर्नसक्छ । यो कपाल असमयमा सेतो हुनबाट रोक्न एकदमै प्रभावी उपाय हो । बेथेलाई आफ्नो खानामा समावेश गरे यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here