गणपति लघुवित्त साधारण सभा बस्दै, लाभांश कति ?

काठमाडौं, २८ फागुन । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा शुक्रबार हुँदैछ ।

संस्थाको चौँथो वार्षिक साधारण सभा ह्वाइट हाउस पार्टी प्यालेस, दुलेगौँडा तनहुँमा बिहान ११ बजेदेखि सुरू हुन लागेको हो । माघ १६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त बैठक बस्न लागेको जनाइएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका एजेन्डाहरूमा छलफल गरी पारित गरिने संस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here