दुई कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति निर्धारण ?

काठमाडौं, २८ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ।

यस दिन नेप्सेले स्वाबलम्बन लघुवित्त र सबैको लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो।

स्वाबलम्बन लघुवित्तको १९ प्रतिशत बोनस शेयर नेप्सेमा समायोजन भएको हो । समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ६६५ रुपैयाँ निर्धारण गरिएको छ। लघुवित्तको एक हजार ९८२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लघुवित्तले चैत ११ गते १९ औँ वार्षिक साधारण सभामार्फत १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ।

त्यस्तै नेप्सेले सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको पनि शेयरमूल्य समायोजन भएको छ कम्पनीको १०.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार २२९ रुपैयाँ कायम भएको छ।

फागुन २६ गते बुधबार सबैको लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ३५८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

सबैको लघुवित्तले १०।५० प्रतिशत बोनस शेयर र ०।५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत १४ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here