१६ वर्षपछि मेस्सी र रोनाल्डो बिनाको च्याम्पियन्स लिग क्वाटरफाइनल !

काठमाडौं । यूरोपको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग अन्र्तगत जारी सिजनको क्वाटरफाइनल लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो बिना नै हुने भएको छ ।

सिजन २००४-२००५ पछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा मेस्सी र रोनाल्डो समावेश नभएको यो पहिलो पटक हो । त्यो समयमा रोनाल्डो इङ्लिस क्लव म्यान्चेष्टर यूनाईटेडमा थिए ।

गएको १६ वर्षमा च्याम्पियन्स लिगको उपाधी रोनाल्डोले ५ पटक जितेका छन् भने मेस्सीले ४ पटक । रोनाल्डोले म्यान्चेष्टर यूनाईटेड र रियल मड्रिड मड्रिडको लागि च्याम्पियन्स लिगको ५ वटा उपाधी जितेको हो भने मेस्सी ४ वटै बार्सिलोनाको लागि जितेका हुन् । रोनाल्डोले पछिल्लो पटक २०१८ मा यो उपाधी जितेका थिए भने मेस्सीले २०१५ मा अन्तिम पटक जितेका थिए ।

ठूला प्रतियोगितामा राम्रो नतिजा निकाल्न नसक्दा कतिपयले मेस्सी र रोनाल्डोको समय सकिदै गएको व्याख्या गरेका छन् । व्यक्तिगत ३६ वर्षमा पुगेका रोनाल्डो र ३४ वर्षमा प्रवेश गरेका मेस्सीको अबको खेलकुद जीवनको बारेमा प्रश्न समेत उठ्न थालेको छ ।

ठूला प्रतियोगितमा लगातार असफल भएको कारण मेस्सीले बार्सिलोना छोड्ने विषयको चर्चा बढ्न थालेको छ भने रोनाल्डो पनि यूभेन्टसमा बस्ने नबस्नेमा ठूलो प्रश्न उठेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here