बुङ्कोट स्वास्थ्य चौकीमा ‘पोषण मैत्रि स्वास्थ्य संस्था’ घोषणा सम्बन्धि छलफल

गोरखा । जिल्लाको शहिद लखन गाउपालीका स्वास्थ्य शाखाको आयोजनामा बुङ्कोट स्वास्थ्य चौकीमा पोषण मैत्रि स्वास्थ्य संस्था घोषणा सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार बुङ्कोट स्वास्थ्य चौकीमा बुङ्कोट स्वास्थ्य चौकी ब्यबस्थापन समिती अध्यक्ष एवम वडा ७ को अध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य चौकीलाई पोषण मैत्रि स्वास्थ्य संस्था घोषणा सम्बन्धि छलफल भएको हो ।

कार्यक्रममा समितीका उपाध्यक्ष गणेशमान श्रेष्ठ,कार्यक्रम माथि प्रकास स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठ,बुङकोट स्वास्थ्य चौकी प्रमुख बिमला पुलामी, बुङकोट स्वास्थ चौकीको कर्मचारीहरु र महिला स्वास्थ्य स्वयमसेवीकाहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here