जनमैत्री बहुमुखी क्याम्पसमा शोध प्रस्ताव लेखनसम्बन्धी कार्यशाला सम्पन्न

काठमाडौं । काठमाडौं उपत्यकाकै पहिलो क्यूएए प्राप्त क्याम्पस जनमैत्री बुहुमुखी क्याम्पसमा स्नातक (बिए) तेस्रो वर्ष र स्नातकोत्तर (एमएड) अन्तिम वर्षका विद्यार्थीको क्षमता अभिवृद्धिका लागि सञ्चालन गरेको शोध प्रस्ताव लेखनसम्बन्धी ३ दिने कार्यशाखा सम्पन्न भएको छ ।

क्याम्पसको नेपाली तथा आमसञ्चार विभाग र अनुसन्धान विभागद्धारा फागुन २५, २६ र २८ मा आयोजित कार्यशाला क्याम्पस प्रमुख भोलानाथ ओझाको उपस्थितिमा शुक्रबार सम्पन्न भएको हो ।

कार्यक्रममा क्याम्पसको नेपाली तथा आमसञ्चार विभाग प्रमुख डा. मिरा प्रधान तथा विभागका सदस्यहरु नरेन्द्र कोइराला, यादव भण्डारी, शेषकान्त पाण्डेय, योगामाया गिरी र हिरा पाण्डेयले शोध प्रस्ताव लेखन विषयमा प्रकाश पार्नु भएको थियो ।

मानविकि, व्यवस्थापन र शिक्षा संकायका विभिन्न विषयहरु पढाई हुने क्याम्पसमा हाल करिव १ हजार ५०० विद्यार्थीहरु अध्ययनरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here