बहुमूल्य विस्फोटक पदार्थ युरेनियमसहित ४ जना पक्राउ

काठमाडौं, २८ फागुन । प्रहरीले राजधानी काठमाडौंबाट ४ जनालाई विस्फोटक पदार्थसहित पक्राउ गरेको छ।

प्रहरीले शुक्रबार काठमाडौंको बौद्धबाट २ किलो ५ सय ग्राम विस्फोटक पदार्थसहित ४ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन गरी जानाकारी दिएको हो ।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, सोही ठाउँ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ४० वर्षीया जानुका तामाङ, रामेछापको बागजोर नगरपालिका–४ का २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी–४ बस्ने २० वर्षीय मनोज न्यौपाने रहेका छन् ।

पक्राउ परेका चारै जनामाथि विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुले सो विस्फोटक पदार्थ कुन प्रयोजनका लागि बौद्ध ल्याएका हुन भन्ने विषय खुली नसकेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार एक व्यक्तिको घरमा २० वर्षदेखि लुकाएर राखिएको उक्त विस्फोटक पदार्थ प्रहरीले फेला पारेको हो।

विस्फोटक पदार्थलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना हो ।

त्यसको नेपाली मूल्य ६ अर्ब रुपैयाँ बराबर पर्ने आउने प्रहरीको भनाइ छ । जफत भएको युरेनियम प्राकृतिक युरोनियम हो।

युरेनियम २३८ लाई प्रशोधन गरेर युरेनियम २३५ बनाइन्छ। एक किलोग्राम युरोनियम २३५ बाट निस्किने ऊर्जा तीन लाख टन कोइलाबाट निस्किने ऊर्जा बराबर हुने मानिन्छ। १० ग्राम युरेनियम २३५ को मूल्य २० लाख ९ हजार डलर अर्थात् १८ करोड रुपैयाँभन्दा माथि पर्न जान्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here