आईपीओ आवेदनका लागि नयाँ वेबसाइट सञ्चालनमा ल्याउदै सीडीएससी

काठमाडौं । शेयरमा लगानी गर्ने मानिसको संख्या अत्याधिक बढेको कारण सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले आईपीओ भर्न छुट्टै वेबसाइट सञ्चालनमा ल्याउने भएको छ ।

सीडीएससीका अनुसार छुट्टै वेबसाइटमार्फत प्रयोगकर्तालाई सहज रुपमा प्राथमिक शेयर निष्कासनमा आवेदन दिन मिल्ने बनाउने तयारी अघि बढारहेको छ ।

अहिले दैनिक हजारौं मानिसहरुले डिम्याट खाता खोलिएका छन् । पछिल्लो तथ्याङ्क अनुसार ३१ लाख ५८ हजार भन्दा बढीले डिम्याट खाता खोलिसकेको अवस्था छ ।

कम्पनीका अनुसार सीडीएससको सब–डोमेनका रुपमा अब आउने नयाँ कम्पनीको आवेदनका लागि अलग्गै वेबसाइट तयार हुनेछ । जसमार्फत प्रयोगकर्ताले सहज रुपमा आईपीओको आवेदन दिनसक्ने आशा कम्पनीको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here