यी हुन् शेयर मूल्य उच्च भएका नेपालका ५ कम्पनी, १ कित्ताकै १९ हजारभन्दा धेरै

काठमाडौं, २९ फागुन । शेयर बजारमा उतारचढाप जारी छ । केही साताअघीसम्म दोहोरो अंकले बढेको शेयर बजार केही दिनयता भने घट्न थालेको छ ।

केही कम्पनीले भने बजार घट्दापनि मनग्य नाफा कमाइरहेका छन् । ती कम्पनीका एक कित्ता शेयरको मूल्य नै १९ हजारभन्दा धेरै छ ।

यी हुन् सबैभन्दा धेरै मूल्य भएका ५ कम्पनीः

१. यूनिलिभर नेपाल लिमिटेड

यूनिलिभर नेपाल लिमिटेड नेपालको सबैभन्दा उच्च शेयर मूल्य भएको कम्पनी हो । कारोबार भएको अन्तिम दिनको तथ्यांक अनुसार यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता १९ हजार १८४ रुपैयाँ कायम भएको छ ।

२. राष्ट्रिय बीमा कम्पनी

नेपाली शेयर बजारमा सबैभन्दा धेरै मूल्य भएको कम्पनीको दोस्रो नम्बरमा राष्ट्रिय बीमा कम्पनी छ । कारोबार भएको अन्तिम दिनको तथ्यांक अनुसार यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता १६ हजार ६७० रुपैयाँ कायम भएको छ ।

३. साल्ट ट्रेडिङ कर्पोरेशन

साल्ट ट्रेडिङ कर्पोरेशन शेयर मूल्य धेरै हुने कम्पनीको तेस्रो नम्बरमा छ । कारोबार भएको अन्तिम दिनको तथ्यांक अनुसार यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ११ हजार १९९ रुपैयाँ कायम भएको छ ।

४. बोटलर्स नेपाल (तराई) लिमिटेड

बोटलर्स नेपाल (तराई) लिमिटेड उच्च शेयर मूल्य भएको चौंथो कम्पनी हो । कारोबार भएको अन्तिम दिनको तथ्यांक अनुसार यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९ हजार १९ रुपैयाँ कायम भएको छ ।

५. नागरिक लगानी कोष

नागरिक लगानी कोष उच्च शेयर मूल्य भएको पाचौं कम्पनी हो । कारोबार भएको अन्तिम दिनको तथ्यांक अनुसार यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४ हजार २९५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here