थप ६० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं, २९ फागुन । नेपालमा थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार १७८ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार २४९ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ९ सय १५ रहेको छ । मृत्यु हुनेको संख्या २ रहेको छ । यो सहिच मृत्यु हुनेको संख्या ३०१४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here