केएल दुगडको स्वस्तिक आयल इण्डष्ट्रिज उत्कृष्ट निर्यात गर्ने कम्पनी

काठमाडौं, २९ फागुन । केएल दुगड समूह अन्र्तगतको स्वस्तिक आयल इण्डष्ट्रिज उत्कृष्ट निर्यात गर्ने कम्पनी बनेको छ ।

उद्योग संगठन मोरङ्गले आर्थिक एवंम औधोगिक विकासका साथै राजस्व र रोजगारीको क्षेत्रमा योगदान पुर्याउँदै निर्यात मूलक बस्तु उत्पादन गरी आर्थिक बर्ष २०७५/७६ तथा २०७६/७७ मा बढि निर्यात गर्ने उत्कृष्ट उद्योगको रुपमा सम्मान गरेको हो ।

स्वस्तिक आयल इण्डष्ट्रिज सुनसरी,मोरङ्ग औद्योगिक करिडोरका निर्यात मुलक उद्योगहरु मध्ये सबै भन्दा निर्यात गर्ने कम्पनी बनेको हो ।

उक्त सम्मान उद्योग संगठन मोरङ्गको ४८ औ बार्षिक साधारण सभाको उद्घाटन समारोहको अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट स्वस्तिक आयल इण्डष्ट्रिजका संचालक विकास दुगडलाई प्रदान गरेका थिए ।

स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लिले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल,सनफ्लो सनफ्लावार तेल जस्ता तेलहरु उत्पादन गरि बिक्री वितरण गर्दै आईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here