सनराइज ब्लुचिप फण्डको आइपीओ खुल्यो, कस्तो हो ब्लुचिप फण्ड योजना ?

काठमाडौं, १ चैत । सामुहिक लगानी कोष योजना ‘सनराइज ब्लुचिप फण्ड’ले आजबाट फण्डको इकाई बिक्री खुला गरेको छ ।

सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाई जारी गरेको हो ।

बिक्री खुला गरिएको कुल इकाईमध्ये कोष प्रवद्र्धक सनराइज बैंकलाई एक करोड ५० लाख इकाई वा बिक्री भएको इकाईको १५ प्रतिशत सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १०० देखि १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई विक्री नभएमा ढिलोमा चैत १६ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ।

सनराइज ब्लुचिप फण्ड १० वर्षे बन्दमुखी प्रकृतिको म्युचुअल फण्ड हो । यस फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् ।

सनराइज क्यापिटलको यो दोस्रो म्युचुअल फण्ड हो । यसअघि क्यापिटलले सनराइज फर्स्ट म्युचुअल फण्ड सञ्चालनमा ल्याएको थियो। सनराइज क्यापिटल सनराइज बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।

कम्पनीका अनुसार विशेषतः यो एउटा सामुहिक लगानी कोष हो, जसले लगानीकर्ताहरुबाट संकलित रकमलाई ब्लुचिप कम्पनी तथा उदयमान ब्लूचिप कम्पनीहरुमा लगानी गर्छ ।

यसरी सिर्जित लगानीको पोर्टफोलियो बजारमा आउने सामान्य उतार चढावले असर नगर्ने तथा तुलनात्मक रुपमा सुरक्षित हुन्छ ।

बजारमा थुप्रै सामुहिक लगानी कोषहरु सञ्चालनमा छन् र ति योजनाको प्रकृति तथा उद्देश्य पनि फरक फरक छन् । सनराइज ब्लुचिप फण्डको पनि आफ्नो छुट्टै उद्देश्य छ । विश्वव्यापि रुपमा हेर्दा पनि ब्लुचिप फण्डहरु प्रतिफल तथा ख्यातिको हिसाबले उपयुक्त मानिन्छ ।

कम्पनीका अनुसार यस योजनाका निम्नलिखित पक्षहरुले लगानीकर्ताहरुलाई सनराईज ब्लुचिप फण्डमा लगानी गर्न प्रेरित कम्पनीको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here