ग्लोबल आईएमई बैंकको ऋणपत्र बिक्री खुल्ला, कति पाइन्छ ब्याज ?

काठमाडौं, १ चैत । ग्लोबल आईएमई बैंकले ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रति ऋणपत्र १ हजारको दरले ३ अर्बले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो ।

कम्पनीले निष्कासन गरेको जम्मा कित्तामध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाकी रहेको १२ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्टाइएको छ ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केन्टर्स लिमिटेडको अनुसार न्युनतम २५ कित्तादेखि १० लाख कित्तासम्म लगानीकर्ताले चैत्र ४ गतेसम्म र माग अनुसार आवेदन नपरेमा चैत्र १६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

१० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्तालाई बैंकले वार्षिक ८.५ प्रतिशतको दरले ब्याज प्रदान गर्ने छ । सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरोशेयरबाट आवेदन दिन सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here