साउदीमा विदेशी श्रमिकलाई थप स्वतन्त्रता, अब काम फेर्न र देश छोड्न पाउने

काठमाडौं, १ चैत । नेपाली कामदारका लागि मलेसियापछि राम्रो गन्तव्य मानिएको साउदी अरबमा श्रम कानुनमा सुधार भएको छ ।

साउदी सरकारले आफ्नो श्रम कानुनमा सुधार गर्दै सन् २०२१ को मार्च १४ देखि लागू हुनेगरी श्रम कानुनमा सुधार गरेको हो ।

साउदीले गत नोभेम्बरमा कफाला सिस्टम श्रमिकमैत्री बनाउने प्रतिवद्धता जनाएको थियो।

आइतबारदेखि ‘कफाला स्पोन्सरसीप सिस्टम’ लागु भएसँगै अब त्यहाँ रहेका प्रवासी श्रमिकमाथि रोजगारदाता या कम्पनीको नियन्त्रण कम हुनेछ।

कफालामा परिवर्तन गरिएसँगै यसको प्रभाव १ करोड विदेशी मजदुरमा पर्ने बताइएको छ।

अब त्यहाँको निजी क्षेत्रमा काम गरिरहेका मजदुरले मालिकको अनुमति बिना नै रोजगारस्थल परिवर्तन गर्न पाउनेछन् भने चाहेका बेला आफ्नो देश फर्कन सक्नेछन्।

यसअघि साउदीबाट स्वदेश फर्कनका लागि रोजगारदाताको अनुमति अनिवार्य थियो । साउदीले ल्याएको यो नयाँ नियमले नेपाली श्रमिकलाई पनि ठूलो फाइदा पुग्ने छ ।

जसले साउदी अरेबियामा रोजगारीको बजार बनाउनको लागि श्रमिक र रोजगारदाता बीचको सम्झौता सम्बन्ध सुधार गर्नेछ। यो पहलले कर्मचारीको मर्यादा र स्वतन्त्रताको रक्षा गर्दछ र रोजगारदाताले अनुबन्धको पालनाको लागि ग्यारेन्टी गर्दछ।

साउदीमा रोजगारदाताको अनुमति विना नै घर फर्कन र काम परिवर्तन गर्न पाउने