एफपीओ जारी गर्दै महुली लघुवित्त

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने भएको छ । चैत २५ गते हुने साधारण सभामा लघुवित्तले एफपीओ जारी गर्ने प्रस्ताव एजेन्डाको रुपमा लैजाने भएको हो ।

लघुवित्तले गत वर्ष नवकिरण लघुवित्तलाई मर्ज गरको थियो । मर्जरपछि संस्थापक र साधारण सेयरधनीको हिस्सा तलमाथि भए त्यसलाई राष्ट्र बैंकले तोके बमोजिम बनाउन एफपीओ जारी गर्ने भएको हो ।

यस्तै, लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश पारित गर्ने मुख्य एजेन्डा पारित गर्ने प्रस्ताव लैजाने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here