अपर तामाकोशीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १ चैत । अपर तामाकोशी हाइड्रोपावरको शेयर मूल्यमा उछाल आएको छ ।

आइतबार कारोबार भएदेखि नै बढेको तामाकोसी हाइड्रोपावरको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा पुगेको हो

आइतबार १२:४५ बजेसम्ममा तामाकोशीको शेयर मूल्य ९.८५ प्रतिशले बढेर कारोबार भैरहेको छ । त्यसदिन कम्पनीको शेयर मूल्य ५८ रुपैयाँले बढेर प्रतिकित्ता ६४७ रुपैयाँ पुगेको छ । कारोबारको पनि पहिलो नम्बरमा नै रहेको छ ।

आयोजनाले केहि हप्ताअघि बाइफर्केसन डिस्ट्रिब्युसनको सफल परीक्षण गरेको थियो । सबैभन्दा जटिल र संवेदनशील मानिएको यो पाइपको परीक्षण सफल भएपछि चैतभित्र बिजुली बाल्न सकिने आयोजनाले जनाएको छ ।

अब छिट्टै बिजुली निकालिने सम्भावना बढेसँगै लगानीकर्ता कम्प्नीको शेयरप्रति आकर्षित भएका छन् ।

आयोजनाको विद्युत्गृहमा ७६ मेगावाटका ६ वटा टर्बाइन रहेको छन् । ती मध्ये एउटा टर्बाइनबाट आगामी चैत्रभित्र बिजुली निकालिने आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी निर्माण शुरु भएको १ दशक बिते पनि अझै निर्माण पूरा हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here