शहिद लखन गाउँपालिकामा ४५ दिने मोबाईल मर्मत तालिम कार्यक्रम सम्पन्न

गोरखा । ‘सिप सिकौ,रोजगारी वनौ’ भन्ने मुल नाराका साथ घरेलु तथा साना उधोग कार्यलय गोरखाको आयोजमा शहिद लखन गाउँपालिकामा ४५ दिने मोबाईल मर्मत तालिम कार्यक्रम सम्पन्न भएको छ ।

घरेलु तथा साना उधोग कार्यलय गोरखाका अध्यक्ष दिनेश पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका वडा ६,७,८ र ९ को २० जना युवाहरु तालिममा सहभागी भएका थिए ।

कालीका मोबाईल मर्मत तथा बिक्रि केन्द्र गोरखाको प्रोपाईटर दिनेश दानीले ४५ दिन सम्म तालिमको प्रशिक्षण गराएका थिए ।

कार्यक्रममा शहिद लखन गाउँपालिका वडा नं. ७ का अध्यक्ष शरण श्रेष्ठ,वडा नं. ७ का अध्यक्ष काशिनाथ अंगाई, वडा सचिव अमृता सिग्देल लगाएतको सहभागिता थियो ।

कार्यक्रम शहिद लखन गाउँपालिका वडा नं. ७ को खाब्दि भन्ज्याङमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here