सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट

काठमाडौं १ चैत । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । आइतबार दिउँसो मालपोत कार्यालयको माथिल्लो तलाको हलमा विष्फोटमा भएको प्रहरीले जनाएको छ ।

विष्फोटमा परी करिब आधा दर्जन मानिस घाइते भएका र घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जेलेको प्रहरीले बताएको छ । अहिले घटना स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु खटिएका छन् । विस्फोट कसले गराएको भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here