शेयर बजार राताम्मै : ४ कम्पनीमा पोजेटिभ सर्किट लाग्दा एकमा नेगेटिभ

काठमाडौं, १ चैत । साताको पहिलो कारोबार दिन आज शेयर बजार राताम्मै बनेको छ । आइतबार नेप्से परिसूचक ५१.२३ अंकले घटेर २४०७.२५ अंकमा झर्यो । यो कारोबार भएको अघिल्लो दिनको तुलनामा २.०८ प्रतिशत कम हो ।

आइतबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स १०.१० अंकले घटेर ४३५.१३ अंकमा झर्यो ।

आज होटल एण्ड टुरिजम र जलविद्युत बाहेक अन्य सबै समुहको सूचक घट्यो । होटल एण्ड टुरिजमको २.५४ प्रतिशत र जलविद्युतको २.३२ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको घट्यो । ट्रेडिङको ५.५१ प्रतिशत घट्यो । त्यस्तै, अन्य समुहको ४.७९ प्रतिशत, र्निजीवन बीमाको ३.०१ प्रतिशत घट्यो ।

आइतबार २११ कम्पनीको ९९ लाख ३ हजार ७ सय ४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९५ करोड २७ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

आज ४ वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । पोजेटिभ सर्किट लाग्नेमा चन्द्रागिरी हिल्स, अपर तामाकोशी, पञ्चकन्या माई हाइड्रो र घलेम्दी हाइड्रो छन् ।

सबैभन्दा धेरै गुमाउनेमा हिमालयन पावर पार्टनरका शेयर भनी छन् । कम्पनीको शेयर मूल्य ९.८६ प्रतिशत घट्दे नेगेटिभ सर्किट लाग्यो ।

आइतबार सबैभन्दा धेरै कारोबार अपर तामाकोशीले गर्यो । अपर तामाकोशीले ४४ करोड ५६ लाख रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here